१५ चैत्र २०८०, बिहीबार

सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे

२७ माघ २०७९, शुक्रबार
सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे

काठमाडौं : संघीय सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरेको पदबहाली गरेका छन्। वन तथा वातावरण मन्त्रालयमा सहसचिव रहेका घिमिरेको मन्त्रीपरिषद्को निर्णयसँगै सहकारी विभागमा सरुवा भएका थिए । घिमिरेले विहीबार सहकारी विभागमा पदबहाली गरेका हुन् ।

गत साता मन्त्रीपरिषद्को निर्णयबाट सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको गृह मन्त्रालयमा सरुवा भएको थियो । गत वर्षको फागुनमा विभागको रजिष्ट्रार बनेका पण्डितको एक वर्ष नबित्दै सरुवा भएको थियो । छोटो समयमा सहकारी अभियान सुधारका महत्वपूर्ण निर्णय र काम रजिष्ट्रार पण्डितले गरेका थिए ।

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष गठन तथा कार्यान्वयन, कोपोमिस कार्यान्वयनमा उल्लेख्य उपलब्धी, ३५ बुँदे निर्देशन, कर्जा सूचना केन्द्र स्थापना गर्न रजिष्ट्रार पण्डितको पहल रहेको थियो ।

अभिलेख

लोकप्रिय