
काठमाडौं : सहकारी संस्थाहरुमा तरलता सहज बन्दै गएको छ । समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाहरुमा तरलता बढ्दै गएको हो ।
ती संस्थाहरुले प्रयाप्त तरलता राखी सदस्यहरु सँग कारोबार गरिरहेको छ । विभिन्न संस्थाहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार तरलता सहज बन्दै गएको देखाउँछ । तर, सहर केन्द्रीयत सहकारीहरुमा भने तरलता सहज भैसकेको छैन ।
किसान बचतसँग २६.५५ प्रतिशत
नवलपुरको गैंडाकोट स्थित किसान बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम ७२ करोड ४९ लाख रुपैयाँ अर्थात २६.५५ प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको पुष महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ३३ करोड ५८ लाख, साधारण जगेडा कोषमा १७ करोड ३९ लाख, विभिन्न कोषहरुमा ४ करोड ५८ लाख रुपैयाँ, कुल संस्थागत पुँजी १९ करोड १५ लाख रुपैयाँ, बचत संकलन २ अर्ब ७२ करोड ९४ लाख, ऋण लगानी २ अर्ब ३७ करोड २७ लाख रुपैयाँ र कूल सम्पत्ती ३ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै ८३ हजार ८ सय ११ जना संस्थाको सदस्य रहेको छ ।
चन्द्रागिरि बचतसँग २६.६२ प्रतिशत
काठमाडौंकाे थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम ६६ करोड ६२ लाख रुपैयाँ अर्थात २६.६२ प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको पुष महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी १७ करोड ५० लाख, जगेडा कोषमा ८ करोड ४ लाख, विभिन्न कोषहरुमा ८ करोड ५२ लाख रुपैयाँ, कुल संस्थागत पुँजी १० करोड ६३ लाख रुपैयाँ, बचत संकलन २ अर्ब ५० करोड २३ लाख, ऋण लगानी २ अर्ब ४७ लाख रुपैयाँ र कूल सम्पत्ती ३ अर्ब ४ करोड १२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै १६ हजार ४ सय ९१ जना संस्थाको सदस्य रहेको छ ।
जनउत्थान साकोससँग २२.१४ प्रतिशत
रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम ५४ करोड २३ लाख रुपैयाँ अर्थात २२.१४ प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको पुष महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २९ करोड ७७ लाख, साधारण जगेडा कोषमा २३ करोड ८२ लाख, कर्जा जोखिम कोषमा ४ करोड ९३ लाख रुपैयाँ, बचत संकलन २ अर्ब ४४ करोड ८८ लाख, ऋण लगानी २ अर्ब ४८ करोड २८ लाख रुपैयाँ र कूल सम्पत्ती ३ अर्ब १४ करोड ९ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै ३८ हजार ६ सय ४४ जना संस्थाको सदस्य रहेको छ ।
सामुदायिक बचतसँग १८.०१ प्रतिशत
काभ्रेको पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम ५० करोड १६ लाख रुपैयाँ अर्थात १८.०१ प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको पुष महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ३९ करोड ७९ लाख, साधारण जगेडा कोषमा ३१ करोड ९८ लाख, विभिन्न कोषहरुमा १० करोड ४४ लाख रुपैयाँ, कुल संस्थागत पुँजी ३३ करोड १३ लाख रुपैयाँ, बचत संकलन २ अर्ब ७८ करोड ५१ लाख, ऋण लगानी ३ अर्ब ४१ करोड ७८ लाख रुपैयाँ र कूल सम्पत्ती ४ अर्ब ३० करोड ४४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै ४९ हजार ८ सय ६९ जना संस्थाको सदस्य रहेको छ ।
पोखरा रोयलसँग २४.४८ प्रतिशत
कास्कीस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम ४० करोड ७५ लाख ९४ हजार रुपैयाँ अर्थात २४.४८ प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको पुष महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २१ करोड १० लाख, साधारण जगेडा कोषमा १५ करोड ७३ लाख, विभिन्न कोषहरुमा १२ करोड ११ लाख रुपैयाँ, कुल संस्थागत पुँजी १५ करोड ८८ लाख रुपैयाँ, बचत संकलन १ अर्ब ६६ करोड ४९ लाख, ऋण लगानी १ अर्ब ७८ करोड रुपैयाँ र कुल सम्पत्ती २ अर्ब २६ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै ८ हजार ७ सय ५१ जना संस्थाको सदस्य रहेको छ ।
विकू बचतसँग २३.९९ प्रतिशत
नवलपुरस्थित विकू बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम १ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ अर्थात २३.९९ प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको पुष महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ९१ करोड १५ लाख, साधारण जगेडा कोषमा ५० करोड ५१ लाख, विभिन्न कोषहरुमा १३ करोड ९ लाख रुपैयाँ, कुल संस्थागत पुँजी ५८ करोड ५९ लाख रुपैयाँ, बचत संकलन ७ अर्ब २९ करोड २१ लाख, ऋण लगानी ७ अर्ब २ करोड १७ लाख रुपैयाँ र कूल सम्पत्ती ९ अर्ब १० करोड ९ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै १ लाख ८ हजार ५ सय ४४ जना संस्थाको सदस्य रहेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार