१५ चैत्र २०७९, बुधबार

जिल्ला सहकारी संघ नवलपुरको अध्यक्षमा तिलकप्रसाद पराजुली

८ माघ २०७९, आईतवार
जिल्ला सहकारी संघ नवलपुरको अध्यक्षमा तिलकप्रसाद पराजुली

गैँडाकोट, नवलपुर

जिल्ला सहकारी संघ नवलपुरको अध्यक्षमा तिलकप्रसाद पराजुली निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको ४०औं वार्षिक साधारण सभाले पराजुलीको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।

पराजुली किसान साकोसबाट प्रतिनिधित्व गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनी किसान साकोसका पूर्व अध्यक्ष समेत हुन् । उनी संघमा यस अघि उपाध्यक्ष थिए ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा इन्द्रराज ज्योती पौडेल (विकू साकोस), महिला उपाध्यक्षमा खिनाकुमारी न्यौपाने भुषाल (मिलिजुली महिला बहुउद्देश्यीय सहकारी), सचिवमा श्याम सुन्दर लामिछाने (अमर साकोस), कोषाध्यक्षमा टिकाराम कंडेल (विजय सामुदायिक शिक्षा सहकारी), सह सचिवमा बिन्दु अधिकारी केसी (कालीगण्डकी साकोस) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा देवकी कुमारी भण्डारी (जिल्ला कृषि सहकारी संघ), रामप्रसाद काफ्ले (नवप्रतिभा साकोस), ऋषिराम पौडेल (कृष्ण गण्डकी साकोस), बाबुराम खनाल (गण्डकी साकोस), हरिप्रसाद ढुङ्गाना (उज्यालो साकोस), मनहरि शर्मा पौडेल (लालिमा कृषि सहकारी), देविसरा पुलामी (माहाराजा साकोस), धनमाया लामा (अरुण ज्योती सामाजिक महिला उद्यमी सहकारी), रत्नमाया विश्वकर्मा (महिला कल्याण बहुउद्देश्यीय सहकारी) रहेका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा छविलाल अर्याल (श्रृजनशिल साकोस) चयन भएका छन् । समितिको सदस्यमा कुमारी रेखा पौडेल (महिला कल्याणकारी साकोस) र कृष्णराज सिग्देल (कावासोती बहुउदेश्यीय सहकारी) रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष पराजुली लगायत सम्पूर्ण सञ्चालक समिति र लेखा समितिलाई किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे एवं संस्था परिवारको तर्फबाट शुभकामाना व्यक्त गरेको छ ।

४०औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ नवलपुर (पूर्वी नवलपरासी) को ४० औ वार्षिक साधारण सभा शनिबार कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभामा कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख भुसालले जिल्ला सहकारी संघ सबै खाले सहकारीको गुनासो सुन्ने र समाधानको लागि सहजीकरणमा लाग्ने छाता संघ हुनुपर्ने बताए । साथै उनले जिल्ला विभाजनपछि सहकारीकर्मीहरूले जिल्ला संघलाई अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै सदैव सहकारी अभियानमा साथ रहने कुरामा जोड दिए ।

साधारण सभामा सचिवको प्रतिवेदन सह सचिव देवकी भण्डारीले, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष खीना भुसालले र लेखा समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति सदस्य छविलाल अर्यालले प्रस्तुत गरेका थिए । सभाको अवसरमा संघका कार्यालय सहायक कल्पना सिग्देललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष होमनाथ जैसी, सहकारीकर्मीहरु खेमराज सापकोटा, ईन्दराज ज्योति पौडेल, रूक्मत श्रेष्ठको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय