१५ चैत्र २०७९, बुधबार

एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत

८ पुष २०७९, शुक्रबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत

काठमाडौं : नेपालकाे एकवटा मात्र बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्राण्ड पाउन सफल भएकाे छ । पछिल्लाे पटक (२०७६) मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएका भएपनि यस वर्ष एक वटा मात्र सहकारीले ब्राण्ड पाउन सफल भएकाे हाे ।

यस वर्ष (2022-2023) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मात्रै एक्सेस ब्रोञ्ज (कास्य स्तर) ब्राण्ड प्राप्त गर्न सफल भएको छ । एक्सेस ब्राण्डको घोषणा एशियाली ऋण महासंघको नोभेम्बर मा प्रकाशित अक्कू न्यूज लेटर मार्फत गरिएको थियो । चण्डेश्वरी बाहेक अन्य सहकारीहरुले अन्तिम परीक्षण नै गराएका थिएन ।

नेपालमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहकार्यमा एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एक्सेस कार्यक्रम एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ ।

साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

अभिलेख

लोकप्रिय