७ बैशाख २०८१, शुक्रबार

सदस्यहरु संस्थाको हितभन्दा कारोबारी बढी भए : रजिष्ट्रार पण्डित

१९ मंसिर २०७९, सोमबार
सदस्यहरु संस्थाको हितभन्दा कारोबारी बढी भए : रजिष्ट्रार पण्डित

काठमाडौं : संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीका सदस्यहरु संस्थाको हितभन्दा कारोबारी बढी भएको बताएका छन् ।

नेफ्स्कूनले काठमाडौंमा आयोजना गरेको विस्तारित मञ्चमा बोल्दै रजिष्ट्रार पण्डितले भने, ‘सहकारी संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई भन्नसक्नुपर्यो– के कोभिडको समयमा बैंकले तपाईलाई उपचार खर्च दियो ? सहकारीले जस्तै । संरक्षित पुजी फिर्ता कोषको रकम बैंकबाट प्राप्त हुन्छ ? सहकारी सुखदुःखको साथी भन्ने प्रचार प्रसार गर्नुपर्यो सबैले । बैकबाट प्राप्त गर्ने लाभ र सहकारीबाट प्राप्त गर्ने लाभमा धेरै फरक छ भनेर बुझाउन सक्नुपर्यो ।’

त्यस्तै रजिष्ट्रार पण्डितले सहकारीहरुले अनुत्पादक क्षेत्र, घरजग्गामा, गाडीआदिमा लगानी नगर्न समेत आग्रह गरे । ‘ अहिलेको रोग र लक्षण घरजग्गा जस्ता अनुत्पादित क्षेत्रमा लगानी गर्नाले देखिएको हो । संयमित भएर कारोबार गर्न आग्रह गर्छु’, उनले भने ।

कर्जा असुली न्यायाधिकरण गठन अन्तिम चरणमा पुगेको समेत बताए । त्यस्तै कर्जा सूचना केन्द्र तालुकदार मन्त्रालयमा पुगिसकेको, बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको विषय पनि मन्त्रालयमा पुगेको बताए । सन्दर्भ ब्याजदरको विषय अहिलेको पछिल्लो डाटा लिएर रिभ्यू गर्न तयार रहेको समेत उनले बताए ।

अभिलेख

लोकप्रिय