७ बैशाख २०८१, शुक्रबार

सहकारीको समस्या सहजिकरण गरिदिन सरकारलाई ज्ञापन पत्र

१२ मंसिर २०७९, सोमबार
सहकारीको समस्या सहजिकरण गरिदिन सरकारलाई ज्ञापन पत्र

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि सहजिकरण गरिदिन सहकारी विभागका रजिष्ट्रारलाई ज्ञापन पत्र बुझाउने तयारी सहकारीकर्मीले गरेका छन् ।

स्रोतका अनुसार भोली (मंगलबार) ६ बुँदे ज्ञापन पत्र सहकारी विभागमा रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई बुझाउने कार्यक्रम तय भएको छ ।
आईतबार राष्ट्रिय सहकारी महासंघमा काठमाडौंका केही सहकारी संस्थाका प्रतिनिधिहरु बीच सहकारीका वर्तमान समस्या बीच छलफल भएको थियो ।

सोही छलफबाट बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
उक्त समितिमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला सहकारी संघका अध्यक्ष, बचत तथा ऋण सहकारी संघका अध्यक्ष र बहुउद्देश्यीय सहकारी संघका अध्यक्षका अध्यक्षहरु रहेका छन् ।

उक्त समितिको आज दिनभर बैठक बसेको थियो । उक्त बैठकबाट ६ बुँदे ज्ञापनपत्र बुझाउने निर्णय भएको छ । उक्त ज्ञापन पत्रमा सहकारीको तरलता असहजतालाई समाधानमा राज्यले सहयोग गर्नुपर्ने लगायतका बुँदाहरु रहेका छन् ।

अभिलेख

लोकप्रिय