१६ मंसिर २०८०, शनिबार

किसान सहकारीका सिईओ गणेश शर्मा पौडेलको निधन

८ मंसिर २०७९, बिहीबार
किसान सहकारीका सिईओ गणेश शर्मा पौडेलको निधन

गैंडाकोट : किसान बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलको निधन भएको छ ।

४२ वर्षे पौडेलको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । ईलाका प्रहरि कार्यालय गैंडाकोटका अनुसार उनी नुहाउने क्रममा नदीमा चिप्लिएको बताइएको छ ।

गैंडाकोट ५ कुसुमघाट स्थित नारायणी नदीमा स्थानियले देखि उद्वार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको र उपचारको क्रममा विहान सवा ७ बजे मृत्यु भएको गैंडाकोट प्रहरीले जनाएको छ । पौडेलका श्रीमती र २ छोरी छन् ।

 

अभिलेख

लोकप्रिय