२ भाद्र २०७९, बिहीबार

सहकारी निबन्ध प्रतियोगितामा मेचीनगरकी उषा निरौला प्रथम

१९ श्रावण २०७९, बिहीबार
सहकारी निबन्ध प्रतियोगितामा मेचीनगरकी उषा निरौला प्रथम

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको वित्तीय साक्षरतामा सहकारीको भुमिका विषयक निबन्ध लेखन प्रतियोगितामा झापाको मेची नगरस्थित कवि शिरोमणी मा.वि.का विद्यार्थी उषा निरौला प्रथम हुनु भएको छ ।

प्रतियोगितामा कास्की जिल्लास्थित बैंकको तालचोक शाखा अन्तरगतको विद्यालय लक्ष्मी आदर्श मा.वि.का विद्यार्थी सदिक्षा सुवेदी द्वितिय, काठमाडौंको थानकोटस्थित बलम्बु शाखा अन्तरगतको मंगलोदय मा.वि.इमाखेलका विद्यार्थी आनन्द महतो तृतिय हुनु भएको छ ।

यस्तै बलम्बु शाखा अन्तरगतको मंगलो मा.वि कै जेशिका श्रेष्ठ र कञ्चनपुर जिल्लास्थित महेन्द्रनगर शाखा अन्तरगतको विद्यालय निङ्गलाशैनी मा.वि.का विद्यार्थी रोशनी चन्दले सान्त्वना पुरस्कार प्राप्त गरेको बैंकका शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

बैंकको १८ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा ६८ वटै शाखा मार्फत एक एक वटा विद्यालयमा सहकारी बाल क्लव गठन गरिएको छ । क्लवमा आवद्ध विद्यार्थीहरुलाई सहकारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ गत असारमा वित्तीय साक्षरतामा सहकारीको भूमिका विषयक निवन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बैंकको २० औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवुस कार्यक्रममा निवन्ध प्रतियोगितामा पुरस्कृतहरुको नामावली घोषणा गरिएको थियो ।

पुरस्कृत विद्यार्थीहरुमध्ये प्रथम हुनेलाई १५ हजार, द्वितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार तथा सान्त्वना हुनेलाई ३÷३ हजार नगद सहित सम्बन्धित शाखामार्फत पुरस्कार वितरण गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय

x