
ललितपुर : सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ ।
साउन १९ गते सम्पन्न सञ्चालक समितिको वैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउनका लागि बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका ७ वटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ ।
सहकारीमा देखिएका समस्याहरु समाधानका लागि जुन प्रदेशमा समस्या आउँछ, त्यो प्रदेशको संयोजक सदस्य रहने गरी गठित कार्यदलले सहकारीमा देखिने समस्याको समाधानका लागि तत्काल समन्वय गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी सहकारी संघ संस्थाहरुले काम गर्दै गर्दा आइपर्ने समस्या समाधानका लागि बैंकका तर्फबाट समन्वय गर्ने र आवश्यकताका आधारमा तत्काल सहयोग समेत गर्ने गरी कोष स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिृकत बद्री कुमार गुरागाईंले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

‘कमजोर सहकारीलाई बलपूर्वक नै एकीकरणमा लैजानुपर्छ’
२ भाद्र २०७९, बिहीबार
एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने
१ भाद्र २०७९, बुधबार
नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई
१ भाद्र २०७९, बुधबार