२० वर्षमा राष्ट्रिय सहकारी बैंक, अभियानको महत्वपूर्ण हिस्सा बन्न सफल

काठमाडौं : सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले कारोबार सुरुवात गरेको १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश गरेको छ ।
२०६० साल असार २५ गते दर्ता भएको यस बैंकले २०६१ साउन १९ गतेबाट कारोबार सुरु गरेको थियो । कारोबार सुरु गरेको दिनलाई बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको ईजाजत प्राप्त गरेको थियो ।
७७ वटै जिल्लामा सदस्यता विस्तार गरेको यस बैंकमा १५ हजारभन्दा बढी सहकारी संघ संस्था आवद्ध भएका छन् । बैंकका देशभर ६८ वटा शाखा विस्तार भएका छन् । बैंकले बैंकिङ सेवाको साथै तालिम, स्तरीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय सहकारी बैंक नेपालको सहकारी क्षेत्रको महत्वपूर्ण हिस्साको रुपमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तमा २ अर्ब ९१ करोड भन्दा बढि शेयर पूँजी सहित कुल सम्पत्ति करिब ६० अर्ब पुर्याउन बैंक सफल भएको छ । “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी अघि बढिरहेको गुरागाईंले जानकारी दिनुभयो ।
बैंकको आन्तरिक सवलीकरण तथा सुशासन, नविनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्पmत सहकारी संघ÷संस्थाको दिगो विकासमा टेवा, सहकारीहरुको आन्तरिक सवलीकरण र व्यावसायिक सफलताका लागि बैंकको वित्तीय तथा गैर–वित्तीय सेवाहरुमा विविधीकरण, सहकारी शिक्षा तथा तालिम संचालन, सहकारी स्तरोन्नतीका लागि स्तरीकरण कार्यक्रम लगायत विविध कार्यक्रम बैंकले संचालन गर्दै आएको उहाँको भनाई छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

‘कमजोर सहकारीलाई बलपूर्वक नै एकीकरणमा लैजानुपर्छ’
२ भाद्र २०७९, बिहीबार
एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने
१ भाद्र २०७९, बुधबार
नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई
१ भाद्र २०७९, बुधबार