२ भाद्र २०७९, बिहीबार

लगानीको नक्कली कागज बनाएर ३५ लाख हिनामिना, ताकेतापछि प्रबन्धक फरार

१५ असार २०७९, बुधबार
लगानीको नक्कली कागज बनाएर ३५ लाख हिनामिना, ताकेतापछि प्रबन्धक फरार

सल्यान : दार्मा गाउँपालिका–४, रातामाटा स्थित भल्चौर महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त ओली संस्थाको ३५ लाख रुपैयाँ हिनामिना गरेका छन् । ओली यतिबेला फरार भएका छन् ।

दुरुपयोग गरेको रकम फिर्ता गर्न सहकारी संस्थाले ताकेता गरेपछि उनी फरार भएका हुन् । संस्थाको रकम दुरुपयोग गरेको थाहा पाएपछि विनोद पौडेलको टोलीले छानबिन गर्दा प्रबन्धक हेमन्त ओलीले ३५ लाख रुपैयाँ दुरुपयोग भएको खुलेको थियो ।

प्रबन्धक ओलीले सदस्यलाई ऋण लगानी गरेको नक्कली कागज बनाएर रकम दुरुपयोग गरेको सहकारीकी अध्यक्ष हरिकला मल्लले जानकारी दिनुभयो ।

सहकारीको रकम दुरुपयोग गरेको खुलेपछि ओलीविरुद्ध इलाका प्रहरी कार्यालय फारुलामा संस्थाले उजुरी समेत गरेको छ ।

प्रबन्धकका कारण आफूहरु समस्यामा परेको भन्दै सहकारीमा आबद्ध रहेका सदस्यहरुले समेत फरार रहेका ओलीलाई कारबाहीको माग राखेका छन् ।

अभिलेख

लोकप्रिय

x