१५ चैत्र २०८०, बिहीबार

घोराही उप-महानगरपालिकाको उप-प्रमुखमा सहकारी अभियन्त्रा डिसी

५ जेष्ठ २०७९, बिहीबार
घोराही उप-महानगरपालिकाको उप-प्रमुखमा सहकारी अभियन्त्रा डिसी

दाङ : दुई दशकभन्दा बढी समय सहकारी अभियानमा सक्रिय हुमाकुमारी डिसी देशकै ठूलो उप–महानगरपालिकाको घोराहीको उप–प्रमुखमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी डिसीले गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै निर्वाचित हुनुभएको हो । ३० हजार ४ सय ३ मत ल्याएर डिसी विजयी हुँदा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका झुपबहादुर डाँगीले ३० हजार ३ सय ७४ मत ल्याउनुभएको थियो ।

प्रारम्भिक सहकारी संस्था, जिल्ला संघ र केन्द्रीय सहकारी संघको विभिन्न नेतृत्व रहेर काम गर्नुभएका डिसी एक कुशल सहकारीकर्मी हुन् ।

सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्था, घोराहीकी निवर्तमान अध्यक्ष डिसी जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को पूर्व लेखा समिति सदस्य समेत रहेकी डिसी सहकारी अभियानमा लामो समयदेखि सकृय हुनुहुन्छ ।  डिसिले १९ वर्ष सौभाग्य महिला बचतको नेतृत्व गर्नुभएको थियो ।

सहकारीखबरसँग कुरा गर्दै डिसिले घोराहीमा सञ्चालित सहकारीलाई नीति, विधि र प्रविधि मैत्री बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । सहकारी धेरै भएको ठाउँमा एकीकरण र कम भएको ठाउँमा सहकारी पुर्याउने अभियानमा आफू रहेको बताउनुभयो । एक सदस्य, एक सहकारी नीति कार्यान्वयमा समेत केन्द्रीत रहने उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय