
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोपोमिस कार्यान्वयनमा सहकारी विभागलाई सघाउने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी बैंकमा करिब १५ हजार सहकारी संघ संस्था आवद्धता रहेको र ती सबै सहकारीलाई कोपोमिसमा आवद्ध गराउन बैंकले पहल गर्ने बताउनुभयो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभाको संयुक्त आयोजना भएको कोपोमिस सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उप्रेतीले बैंकमा आवद्ध सहकारीहरु कोपोमिसमा आवद्ध भए नभएको अध्ययन गर्ने समेत बताउनुभयो ।
‘सहकारी विभागसँग हरेक विषयमा सहकार्य गर्न तयार छौं । विभागले अगाडि बढाएका काममा बैंकको नेटवर्कलाई समेत प्रयोग गरेर अगाडि बढौं’, उहाँले भन्नुभयो । विभाग मातहत रहेका सहकारीले कोपोमिस प्रयोगका बारेमा समेत समीक्षा गर्नुपर्ने भन्दै उहाँले प्रयोगमा के कस्ता समस्या आए र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत फिडब्याक लिनुपर्नेमा जोड दिनुभयो ।
सहकारी बैंकका ६८ वटा शाखामार्फत देशभर नै कोपोमिसका विषयमा आवद्ध सहकारी संस्थाहरुलाई प्रशिक्षण दिने समेत उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो । बैंकका सबै शाखा प्रमुखहरुको समय समयमा हुने भेलामा उनीहरुलाई कोपोमिसको बारेमा प्रशिक्षित गराई कार्यान्वयनमा लैजान सघाउने अध्यक्ष उप्रेतीले बताउनुभयो ।
‘प्राविधिक विषयमा विभागले तालिम दिनुपर्यो’ उहाँले भन्नुभयो, ‘हामी कार्यान्वयनमा सघाउँछौं ।’ बैंकले हरेक महिना १५/१६ वटा तालिम सञ्चालन गर्दै आएको भन्दै उहाँले हरेक तालिममा कोपोमिसको विषय समेत राख्ने बताउनुभयो ।
सातै प्रदेश र स्थानीय तहका सहकारी हेर्ने प्रतिनिधिलाई सहभागि गराएर कोपोमिस सम्बन्धी कार्यक्रम आयोजना गर्न सके यसले कार्यान्वयनमा मद्दत पुग्ने उहाम्को सुझाव छ ।
सहकारीको वास्तविक तथ्यांक निकाल्नका लागि पनि कोपोमिस कार्यान्वयन आवश्यक रहेको उहाँको भनाई थियो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एमबैंकलाई अर्को सफलता, सहकारीलाई प्रविधिमा जोड्ने एमबैंक आइएसओ २७००१:२०१३ प्रमाणित
१५ असार २०७९, बुधबार
लगानीको नक्कली कागज बनाएर ३५ लाख हिनामिना, ताकेतापछि प्रबन्धक फरार
१५ असार २०७९, बुधबार
सहकारी बोर्डको सञ्चालक बन्न शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा तिमल्सिना पक्राउ
१४ असार २०७९, मंगलवार