८ बैशाख २०८१, शनिबार

सहकारीमार्फत उद्यमशीलताको तिर्खा मेटाउन फोरमः सागर ढकाल

२५ चैत्र २०७८, शुक्रबार
सहकारीमार्फत उद्यमशीलताको तिर्खा मेटाउन फोरमः सागर ढकाल

काठमाडौं : कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरममा मन्तव्य राख्दै कार्यक्रमका सभापति तथा सहकारी महासंघका सञ्चालक सागर ढकालले सहकारीमार्फत उद्यमशीलताको तिर्खा मेटाउन फोरमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममाथि प्रकाश पार्दै ढकालले युवाहरुको बुद्धि र कामले देशलाई सफलतातर्फ डोर्याउने बताउँदै सहकारीमार्फत उद्यमशीलतासँग जोडिन सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गर्नुभयो ।

सरकारमार्फत नीतिगत सहजीकरण भए सहकारी मोडलबाट धेरै काम गर्न सकिने उहाँले बताउनुभयो ।

आफै युवा सहकारी अभियन्ता रहनुभएका सभापति ढकालले सहकारी मोडेलबाट मुलुकको विकास गरेर देखाउन सकिने दृढता व्यक्त गर्दै नीतिगत सहजीकरणको बलमा सहकारीमार्फत समृद्धि हासिल गर्न सकिने दाबी प्रस्तुत गर्नुभयो ।

अभिलेख

लोकप्रिय