१६ चैत्र २०८०, शुक्रबार

सहकारीको ब्याजदर १६ प्रतिशतबाट घटाउन दबाब, निर्धारण समितिको बैठक बोलाउने तयारीमा विभाग

४ श्रावण २०७७, आईतवार
सहकारीको ब्याजदर १६ प्रतिशतबाट घटाउन दबाब, निर्धारण समितिको बैठक बोलाउने तयारीमा विभाग

काठमाडौं, ४ साउन

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा माइक्रोफाइनान्सले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ‘क्याप’ लगाइएपछि सहकारी संस्थाको पनि ब्याज घटाउन दबाब परेको छ । सहकारी क्षेत्रको नियामक निकाय सहकारी विभागलाई सहकारीको ब्याजदर घटाउने नैतिक दबाव परेको छ।

माइक्रोफाइनान्स ब्याजदर १८ प्रतिशतबाट १५ प्रतिशतमा झरेको छ । सहकारी विगतले गत वर्षको साउन १९ गतेदेखि लागू हुने गरी सहकारीको ब्याजदर अधिकतम १६ प्रतिशत तोकिएको थियो । सहकारी विभागले पनि ब्याजदर घटाउन आन्तरिक गृहकार्य सुरु गरेको बुझिएको छ । सहकारीको ब्याजदर माइक्रोफाइनान्सभन्दा कम हुनुपर्ने सहकारी विभागका सूचना अधिकारी सुरेन्द्रराज पौडेल बताउनुहुन्छ । माइक्रोफाइनान्सको ब्याजदर घटेसँगै अब सहकारीको पनि ब्याजदर घटाउन दबाव परेको उहाँको भनाई छ ।

सहकारी विभागले सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बोलाउने तयारी गरेको छ । केही दिनभित्रै समितिको बैठक बोलाउने पौडेलले जानकारी दिनुभयो । सहकारीमा सन्दर्भ ब्याजदर निर्धारणका लागि सहकारी ऐन २०७४ को दफा ५१ मा गरिएको व्यबस्था अनुसार सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा १० सदस्यीय सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको थियो ।

अभिलेख

लोकप्रिय