१६ चैत्र २०८०, शुक्रबार

चन्द्रागिरि साकोसको सहयोगमा नयाँ एम्बुलेन्स सञ्चालन हुने

३ श्रावण २०७७, शनिबार
चन्द्रागिरि साकोसको सहयोगमा नयाँ एम्बुलेन्स सञ्चालन हुने

काठमाडौं, ३ साउन

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरि बी एम्बुलेन्स सञ्चालन सम्झौता भएको छ ।

विगत १० वर्षदेखि आफ्ना सदस्य र आसपासमा एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको चन्द्रागिरि साकोसले उक्त क्लबलाई नयाँ एम्बुलेन्स सञ्चालनको लागि वित्तीय सहयोग गर्ने भएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयबाट एम्वुलेन्स खरिद सम्बन्धी आवश्यक सिफारिस प्राप्त भई उक्त एम्बुलेन्स खरिद प्रकृयामा गईसकेको छ ।
आज भएको सम्झौता कार्यक्रममा खरिदको लागि आवश्यक पर्ने रकमको चेक हस्तान्तरण तथा सम्झौता पत्र आदान प्रदान गरिएको थियो । चन्द्रागिरि साकोसका अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिका अध्यक्ष जयरामप्रसाद लुईटेल र निवर्तमान तथा पूर्व अध्यक्षहरु राजेन्द्र विक्रम बानियाँ, मनमायाँ गिरी, रेशमलाल दवाडी लगायत कार्यसमितिका पदाधिकारीहरु तथा चन्द्रागिरिका लेखा संयोजक गोबिन्द प्रसाद मिश्रका साथ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीका निवर्तमान अध्यक्ष राजेन्द्र विक्रम बानियाँले मन्तव्य राख्नुभएको थियो ।

अभिलेख

लोकप्रिय