९ माघ २०७८, आईतवार

सहकारी विरुद्ध सडकमा लाग्न थाल्यो नारा, माइतीघरमा धर्नापछि ज्ञापन

१७ मंसिर २०७८, शुक्रबार
सहकारी विरुद्ध सडकमा लाग्न थाल्यो नारा, माइतीघरमा धर्नापछि ज्ञापन

काठमाडौं : बचत फिर्ता नपाएको भन्दै सिभिल सहकारीका बचतकर्ता माइतीघरमा धर्ना बसेका छन् । विगत तीन वर्षदेखि आफूहरुको बचत फिर्ता गर्न र संगठित अपराधीलाई कारवाही गर्न माग गर्दै बचतकर्ताले आन्दोलन सुरु गरेका हुन् ।

सहकारीले खुलेआम रुपमा ठगी गरिरहँदा पनि सरकार र मातहतका निकाय मौन रहेको भन्दै आन्दोलनमा उत्रिनु परेको आन्दोलन सुरु गरेको संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताउनुभयो ।

सहकारी पीडीतहरुले आजै प्ले कार्डसहित नारा लगाउँदै जिल्ला सरकारी वकिल कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने छन् ।

अभिलेख

लोकप्रिय