
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) निर्धारण समितिको आज बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।
बैठक ब्याजरदर पुनरावलोकन अघि बजार विश्लेषण गर्ने निष्कर्षमा पुगेको छ । ब्याजदर निर्धारण समितका एक सदस्य नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले आजको बैठकमा बजार बिश्लेषण गरेर मात्र हालको सन्दर्भ ब्याजदरमा पुनर्विचार गरिने जानकारी गराउनुभयो ।
सहकारीमा हाल कायम १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर पुनरावलोकनको मागको बीच त्यसका विषयमा पुनर्विचार गर्न आज सहकारी विभागमा समितिको बैठक बसेको थियो ।
यसअघि, आज बिहान ललितपुरमा एक कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पनि सहकारीका सदस्यहरुको भावना प्रतिबिम्बित हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरिने बताउनुभएको थियो ।
खासगरी सहरी क्षेत्रका सहकारीहरुले हाल कायम सन्दर्भ ब्याजदरको सीमा बढाउनुपर्ने माग अभियानसमक्ष राख्दै आएको छ ।
बजारमा तरलता अभाव, रेमिट्यान्समा कमी, सरकारको पुँजीगत खर्चमा ह्रास आदि कारण सन्दर्भ ब्याजदरको सीमा बढाउनुपर्ने माग सहर केन्द्रीत सहकारी सञ्चालकहरुले अभियान नेतृत्व समक्ष जोडदार रुपमा राख्दै आएका छन् ।
समितिको अर्को बैठक केही दिनभित्रै बस्ने जानकारी नेफ्स्कून अध्यक्ष पौड्यालले सहकारी खबरलाई गराउनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार