२० मंसिर २०७८, सोमबार

उपराष्ट्रपति पुनद्वारा सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्न सरकारको ध्यानाकर्षण

८ मंसिर २०७८, बुधबार
उपराष्ट्रपति पुनद्वारा सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्न सरकारको ध्यानाकर्षण

ललितपुर : चौथो ललितपुर साकोस समिट २०७८ आजबाट गोदावरीमा शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने समिटको आज बिहान एक समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले सहकारी अभियानको मागलाई ध्यानमा राख्दै सहकारी कर्जा सूचना केन्द्र स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सहकारीले बचत परिचालन, राष्ट्रिय पुँजी निर्माणसँगै आर्थिक सामाजिक रुपान्तरणमा योगदान पुर्याएपनि केही सहकारीहरुको सुशासनको समस्याका असर सम्पुर्ण सहकारी क्षेत्रले भोग्नुपरेको भन्दै उहाँले आवश्यक नियमित नियमनका लागि नियामक निकायको ध्यानाकर्षण गराउनुभयो । उपराष्ट्रपति पुनले सहकारी व्यवस्थापन चुनौतीपूर्ण भएको भन्दै यसतर्फ पनि सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।

आयोजक जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भूषाल, राष्ट्रिय सहकारी महासंघ लि।नेपालका अध्यक्ष मिनराज कडेल, पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ लिका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।का अध्यक्ष परितोष पौड्याल, कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, ललितपुरका विभिन्न क्षेत्रका संघीय सांसदहरु, स्थानीय निकायका मेयर, अध्यक्षहरु, सहकारी शाखा प्रमुखहरुसँगै जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका सहभागीहरु लगायतको उपस्थिति थियो ।

अभिलेख

लोकप्रिय