२० मंसिर २०७८, सोमबार

नव जनउत्थान साकोसको अध्यक्षमा तेन्जिङ शेर्पा

७ कार्तिक २०७८, आईतवार
नव जनउत्थान साकोसको अध्यक्षमा तेन्जिङ शेर्पा

नवीनकुमार खतिवडा / मैनापोखरी (दोलखा)

दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गे खावा स्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको एकीकृत प्रथम साधारण सभाले तेन्जिङ शेर्पाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ ।

एकीकृत सहकारीका तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाको अध्यक्षता भएको साधारण सभाको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारि संघका सन्चालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारि संघका महासचिव जिवस राज खड्काको प्रमुख आतिथ्यता र दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवन प्रसाद दहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

साबिक संस्थाहरु जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोस बिच एकिकरण गरी नव जन उत्थान साकोष कनी २०७७ चैत्र ३ गते भूमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय बागमति प्रदेश हेटौंडामा नव जनउत्थान बचत तथा ऋण सहकारि संस्था लि. नाम र बैतेश्वर–३, खावा दोलखा ठेगाना रहने गरि दर्ता भएको हो ।

साधारण सभामा तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाले सहकारीको सम्पुरर्ण बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक शेषनारायण दहालले प्रस्तुत गर्नु भएको थियो ।

संयोजक शेर्पाले प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार एकिकरण गरिए पश्चात २ हजार २ सय ५५ जना शेयर सदस्य र १ हजार ५४ बाल बचतकर्ता र १० संघसंस्था गरि जम्मा ३४१० सदस्य पुगेको जानकारी दिनुभयो । संस्थाको कुल पुँजी १४ करोड ४६ लाख १६ हजार १ सय ३१, शेयर पूँजि१ करोड २० लाख १९ हजार ७ सय तथा बचत निक्षेप १०करोड ७७, लाख ३ हजार २ सय ५९ रहेको छ ।

सहकारीले एकिकृत प्रथम साधारण सभाको अबसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट तरकारी तथा पशु व्यवसायी, जेष्ठ नागरिक, विद्यार्थी लगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ।

एकिकृत प्रथम वार्षिक साधारण सभाले तेञ्जिङ शेर्पाको अध्यक्षतामा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमश ङिमा दोर्जे शेर्पा, केदार दहाल, कर्ण दोर्जे शेर्पा रहेको १३ सदस्यीय संचालक समिति र सिताराम दहालको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय