७ कार्तिक २०७८, आईतवार

सहकारीको सदस्य नै नभई ऋण कसरी लिनुभयो मन्त्री ज्यू?

६ आश्विन २०७८, बुधबार
सहकारीको सदस्य नै नभई ऋण कसरी लिनुभयो मन्त्री ज्यू?

सुर्खेत : कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले बुझाएको सम्पत्ति विवरणमा नव जनशक्ति सहकारीबाट एक लाख रुपैयाँ ऋण लिएको उल्लेछ । तर, उक्त सहकारीमा उहाँको एक कित्ता पनि सेयर छैन । सहकारीमा सेयर सदस्य नबनी बचत ऋणको कारोबार गर्न पाउँदैन । तर, उक्त विवरणमा ऋण मात्र लिएको उल्लेख छ ।

त्यस्तै उहाँले प्राईम सहकारीबाट ८ लाख १० हजार रुपैयाँ ऋण २०७७ चैत ५ गते लिएको उल्लेख छ । यस सहकारीमा भने मन्त्री नेपालीको १ लाख ४० हजार ५ सय रुपैयाँ (१ हजार ४ सय ५ कित्ता सेयर) छ । उहाँको सोही सहकारीमा ६ लाख ६१ हजार ८ सय १२ रुपैयाँ बचत रहेको उल्लेख छ ।

त्यस्तै मन्त्री नेपालीको नयाँ कृषि सहकारीमा१० हजार रुपैयाँको सेयर रहेको विवरणमा उल्लेख छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय