१५ चैत्र २०८०, बिहीबार

सहकारीको साधारण सभा अब भौतिक अनिवार्य, भर्चुअलले मान्यता नपाउने

६ आश्विन २०७८, बुधबार
सहकारीको साधारण सभा अब भौतिक अनिवार्य, भर्चुअलले मान्यता नपाउने

काठमाडौं : सहकारी संघ/संस्थाले भर्चुअल रुपमा गरेको साधारण सभाले मान्यता नपाउने भएको छ । कोरोना संक्रमण कारण भर्चुअल साधारण सभा गर्दै आएका सहकारीले अब भौतिक रुपमै साधारण सभा गर्नुपर्ने भएको हो ।

गत वर्ष गरिएको जस्तै उपस्थिती जनाएर, जुममार्फत गरिएको साधारण सभाले कानुनी मान्यता नपाउने भएको हो । संघीय सरकार, सहकारी विभागले २०७७ असोज १ गते जारी गरेको सूचनाको १३ नम्बर बुँदामा भनिएको छ, ‘अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुने ।’ त्यस्तै यो व्यवस्था नेपाल सरकारले भेला, जमघटमा निषेधाज्ञा तोकेको अवस्था÷स्थानले सदस्यहरु भेला हुन बञ्चित भएको समयको लागि मात्र हुने र नेपाल सरकारले निषेधाज्ञा हटाएमा भने प्रचलित कानूनी प्रावधान अनुरुप नै साधारण सभा गर्नुपर्ने भनिएको छ ।

नेपाल सरकारले असोज १ गतेदेखि आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्न खुला गरिसकेको छ । सोही अनुसार सहकारीले भौतिक रुपमै साधारण सभा गर्न पाउने भएको हो ।

असोज १ गतेपछि हुने सम्पूर्ण सहकारीका साधारण सभा भौतिक हुनुपर्ने बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

सहकारीको साधारण सभा भौतिक रुपमै गर्न सरकारले खुला गरेको र अब अनिवार्य रुपमा सदस्यको भौतिक उपस्थितीमा साधारण सभा गर्नुपर्ने बागमती प्रदेश सहकारी रजिष्ट्रार विक्रम पाण्डेय बताउनुभयो ।

‘असोज १ गतेपछि हुने सहकारीको साधारण सभा भौतिक नै हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘यदी ७÷८ दिन लगाएर गरिएको साधारण सभा, भर्चुअल साधारण सभाले मान्यता पाउँदैन । प्रचलित कानून बमोजिम भौतिक साधारण सभा गरेकाले मात्र मान्यता पाउँछ ।’
असोज १ गतेअघि भएको साधारण सभाको हकमा भर्चुअलले मान्यता पाउने पाण्डेयले बताउनुभयो ।

बागमती प्रदेश सरकारको नियमनमा २ हजार ८ सय ६५ सहकारी रहेका छन्।

अभिलेख

लोकप्रिय