१६ चैत्र २०८०, शुक्रबार

चन्द्रसूर्य साकोसले व्याजमा दश प्रतिशत सम्म छुट दिने, जरिवाना नलिने

१२ असार २०७७, शुक्रबार
चन्द्रसूर्य साकोसले व्याजमा दश प्रतिशत सम्म छुट दिने, जरिवाना नलिने

ललितपुर : ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई लकडाउनको अवधिमा पाकेको व्याजमा १० प्रतिशत सम्म छुट दिनेभएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरेर असार २५ गते सम्म व्याज तथा किस्ता भुक्तानी गर्ने सदस्यलाई लकडाउन अवधिको व्याजमा ५ देखि १० प्रतिशत सम्म छुट दिने जनाएको हो ।

गत फागुन मसान्त सम्म कर्जाको नियमित किस्ता र व्याज भुक्तानी गरेका सदस्यले असार २५ गते सम्म व्याज र किस्ता बुझाएमा लकडाउनको अवधिमा पाकेको व्याजमा १० प्रतिशत छुट दिने संस्थाले निर्णण गरेको छ ।

यसैगरी फागुन मसान्तसम्म कर्जाको व्याज भुक्तानी गरेका सदस्यले त्यस यताको व्याज तथा किस्ता भुक्तानी गरेमा लकडाउनको अवधिमा पाकेको व्याजमा ७ प्रतिशत छुट दिने भएको छ ।

संस्थाले फागुन मसान्त सम्म कर्जाको किस्ता र व्याज भुक्तानी नगरेका सदस्यलाई पनि छुट सुविधा दिएको छ । यस्ता ऋणी सदस्यले असार २५ गते सम्म व्याज तथा किस्ता बुझाएमा लकडाउनको अवधिमा पाकेको व्याजमा ५ प्रतिशत छुट हुनेभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सदस्यलाई यस अवधिको सम्पूर्ण जरिवाना छुट गरेको संस्थाका अध्यक्ष रामशरण बस्नेतले बताउनुभयो ।

अभिलेख

लोकप्रिय