६ आश्विन २०७८, बुधबार

झापाका अधिकांश सहकारी बन्द

१४ श्रावण २०७८, बिहीबार
झापाका अधिकांश सहकारी बन्द

झापा : झापा जिल्लामा सञ्चालित अधिकांश सहकारी बन्द गरेका छन् । कोरोना भाइरसका कारण जोखिम बढेको कारण सहकारी संस्था बन्द गर्न जिल्ला सहकारी संघले सबै सहकारीलाई भनेको छ ।

स्थानीय तहको पत्राचार अनुसार कार्यालय सञ्चालन गर्न संघले बनेको छ । जिल्लाका आ–आ–आफ्नो पालिकामा सम्पूर्ण गतिविधि बन्द गर्नेगरी लकडाउन कार्यान्वयन गरे अनुसार सम्बन्धीत पालिकाको समन्वयमा मात्रै कार्यालय सञ्चालन गर्न संघले भनेको छ ।

संस्थाका कर्मचारी, सञ्चालक तथा सदस्यहरुको मनोबल उच्च राख्न सरसल्लाह तथा सहयोग गर्न सहकारीलाई संघले सुझाएको छ । संघीय सरकार, स्थानीय सरकारबाट प्राप्त निर्देशनका साथै सहकारी अभियानबाट सूचना, सुझाव र निर्देशनहरु पालना गर्न गराउन संघले निर्देशन दिएको हो ।

अभिलेख

लोकप्रिय