
बारा : जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१८ को बडहर्वामा रहेको सर्वशुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आर्थिक अनियमितता भएको छ । संस्थामा कार्यरत कर्मचारी सहायक प्रबन्धक तेजनारायण प्रसाद महत्तोले संस्थाको ४० लाख बढी रकम अनियमितता गरेको संस्थाका अधिकारीहरुले जनाएका छन् ।
सदस्यहरुले संस्थामा तिरेको रकमलाई सफ्टेवर सिस्टममा गलत विधि अपनाएर लामो समय देखि आर्थिक अपचलन गरेको पाईएको संस्थाका संचालक राजन पौडेलले बताउनुभयो ।
विगत ९ बर्ष अघिबाट गलत हर्कत हुँदै आएको देखिए पनि पछिल्लो दुई बर्षमा अधिक रकम अपचलन गरेको पाईएको अध्यायनबाट देखिएको हो । संस्थाको रकम अनियमित भएको पुष्ठी भएको हुँदा आन्तरिक कार्वाही मार्फत रकम असुलीको प्रकृया जारी रहेको उहाँले बताउनुभयो ।
ठुलो रकम अनियमिता भएको लामो समयबाट जानकारी भएपनि कुनै किसिमको लिखित तथा कानुनी कार्वाहीमा संस्था गएको छैन । संस्थामा आवद्ध ९ सय सदस्यका बीच करिब सवासात करोडको कारोबार संस्थाले गर्दै आएको छ । संस्थामा अझ ठुलो रकम अनियमिता भएको अनुमान सदस्यहरुको छ ।
संस्थाका सदस्यहरुलाई समेत जानकारी नदिई अनियमिता गर्नेलाई केही ब्यक्तिबाट शंरक्षण गरिनु दुःखद् भएको संस्थाका सदस्य दिपक शर्माले बताउनुभयो । हजारौं सदस्यको पसिनामाथी खेलवाड गर्ने छुट कसैलाई छैन । वास्तविकता छानविन गरी संलग्नसँग विगो र सोही बराबर जरिवाना समेत असुल गरिनु पर्ने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष हुतराज ढुङ्गानाका अनुसार महत्तोले लामो समयबाट आर्थिक अनियमिता गरेको प्रमाण भेटिएपछि आन्तरिक रुपमा त्यसको छानविन भैरहेको बताउनुभयो । विगत दुईबर्ष अघिबाट अध्यक्ष ढुङ्गानाको प्रत्यक्ष रेखदेखमा संस्था संचालनमा थियो । आफु घटनामा संलग्न नभएको उनको दावी छ । तर अन्य ककस्को संलग्नता छ भनेर अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
यता अनियमितामा संलग्न कर्मचारी महत्तोले आफुबाट आर्थीक अपचलन भएको स्विकार गरेका छन् । आफुले पाँच सातलाख संस्थाको रकम मासेको भएपनि धेरै रकम देखाईएको उहाँको भनाई छ ।
आफु नभएका बेला संस्थाका प्रबन्धक कृष्ण बुढाथोकी लगायतका अन्य कर्मचारीले समेत आफ्नै आईडी प्रयोग गरी कारोबार गर्ने गरेको बताउनुभयो । यद्यपी नैतिक रुपमा सबै रकमको जिम्मा आफुले लिने उहाँले बताउनुभयो । केही दिनभित्र संस्थाले तोकेको पुरै रकम तिर्ने प्रतिवद्धता जनाएका छन् ।
संस्थामा आर्थीक अनियमिता भएको यो पहिलो घटना भने होईन । यस अघि करिब ५ बर्षअघि संस्थाका प्रबन्धक कृष्ण बुढाथोकीले करिब १२ लाख रकम अनियमिता गर्दा उहाँको सेवा सुविधा वृद्धि गरी भित्रभित्रै रकम असुल गरिएको थियो । उक्त समयमा अनियमित गर्नेलाई कडा कार्वाही गरेको भए अर्को घटना दोहरिने मौका आउँदैन थियो, पूर्व संचालक समिति अध्यक्ष ध्रुव सिग्देलले बताउनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

‘कमजोर सहकारीलाई बलपूर्वक नै एकीकरणमा लैजानुपर्छ’
२ भाद्र २०७९, बिहीबार
एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने
१ भाद्र २०७९, बुधबार
नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई
१ भाद्र २०७९, बुधबार