१६ चैत्र २०८०, शुक्रबार

विश्वका तीन सय ठूला सहकारीमा कृषि क्षेत्रको वर्चस्व

९ माघ २०७७, शुक्रबार
विश्वका तीन सय ठूला सहकारीमा कृषि क्षेत्रको वर्चस्व

एजेन्सी : विश्वका ३ सय ठूला सहकारीहरुमा सबैभन्दा धेरै कृषि सहकारी पर्न सफल भएको छ । ३ सय ठूला सहकारी मध्ये १०४ वटा कृषि सहकारी परेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले बुधबार विश्वकै ३०० ठुला सहकारीको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको प्रतिवेदनको पहिलो सूचीको आधार वार्षिक कारोबार तय गरिएको छ । त्यस्तै दोस्रो आधार कुल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात तय गरिएको छ ।

त्यस्तै १०१ वटा बीमा सहकारीहरु दोस्रो स्थानमा अटाएका छन् । सूचीमा ३३ वटा हालसेल तथा खुद्रा सहकारीहरु र २१ उपभोक्ता सहकारीहरुको समग्र योगदान तेस्रो स्थानमा देखिएको छ भने २१ वित्तीय सहकारीहरु चौथो स्थानमा छन् ।

विषयगत आधारमा हेर्ने हो भने उत्कृष्ट ३ सयको सूचीमा करिब आधा अर्थात् १ सय ३३ सहकारी उत्पादन र त्यसमा पनि बिशेषतः कृषिमा संलग्न छन् । म्युचुअल सहकारीहरु ८३ वटा छन् भने उपभोक्ता सहकारी ६५ वटा छन् भने बाँकी वित्तीय सहकारीहरुले ओगटेका छन् । यो सूचीमा जम्मा ३ वटा श्रमिक सहकारी समावेश छन् ।

सूचीमा समाविष्ट सहकारीहरुमध्ये अधिकांश ठूला औद्योगिक राष्ट्रहरु रहेको प्रतिवेदनले दखाएको छ । अमेरिकाका ७४, फ्रान्सका ४४, जर्मनीका ३० जापानका २४, नेदरल्याण्ड्सका १८ र इटालीका १२ सहकारीहरु यो सूचीमा अटाएका छन्।

 

प्रतिवेदन पढ्नुहोस्

https://monitor.coop/sites/default/files/publication-files/wcm-2018en-1276015391.pdf

 

अभिलेख

लोकप्रिय