बागमती प्रोस्कून निर्वाचनः अधिकांश पदमा एकल उम्मेदवारी, अध्यक्षमा सापकोटा
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको अधिकांश पदमा एकल उम्मेदवारी परेको छ ।
संघको निर्वाचन कार्यतालिका अनुसार आज (कात्तिक २२ गते) उम्मेदवारी दर्ताको कार्यक्रम थियो । निर्धारित समयमा परेको उम्मेदवारी अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परेको हो ।
संघको विनियम अनुसार १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । २० पदका लागि २७ जनाको उम्मेदवारी परेको छ ।
आगामी ४ वर्षको लागि अध्यक्षमा उद्धव सापकोटाको एकल उम्मेदवारी परेको छ । सापकोटा यस अघि पनि अध्यक्ष थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्काको एकल उम्मेदवारी परेको छ । खड्का यस अघि महासचिव थिए ।
त्यस्तै महिला उपाध्यक्षमा कल्पना श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ। श्रेष्ठ यस अघि पनि उपाध्यक्ष नै थिए ।
त्यस्तै महासचिवमा गोविन्द्र प्रसाद काफ्लेको एकल उम्मेदवारी परेको छ । काफ्ले यस अघि सचिव थिए ।
त्यस्तै सचिवमा ठाकुरप्रसाद बास्कोटा, कोषाध्यक्षमा प्रदिप थापाको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तैगरी सञ्चालक काठमाडौं (भूगोल) मा लेमन श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै भूगोल (भक्तपुर र ललितपुर) मा कृष्ण गोविन्द्र लाखाजु र राजेश महर्जनको उम्मेदवारी परेको छ । दुई मध्ये १ जना मात्रै निर्वाचित हुनेछन् ।
भुगोल काभ्रेपलाञ्चोकमा विकास बादेको मात्रै उम्मेदवारी परेको छ । भुगोल (चितवन र मकवानपुर)बाट हरिशचन्द्र सुवेदी, भुगोल (धादिङ, नुवाकोट र रसुवा)बाट नवराज शर्माको मात्रै उम्मेदवारी परेको छ । त्यसैगरी भुगोल (सिन्धुपाल्चोक र दोलखा)बाट निर्मला धिताल, भुगोल (रामेछाप र सिन्धुली) बाट जगन्नाथ दाहालको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तै खुला सञ्चालक (आवश्यक संख्या २) मा तीन जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा कृष्णहरि कोईराला, रुद्रप्रसाद दाहाल र हेमबहादुर कार्की रहेका छ । महिला सञ्चालक (आवश्यक संख्या २)मा चार जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा भवानी देवी अधिकारी, शर्मिला सापकोटा, शान्त लक्ष्मी खड्की र सिता दुवाडी खनाल रहेकी छिन् ।
त्यस्तैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा देवप्रकाश त्रिपाठी र रमिला श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै लेखा समिति सदस्य (आवश्यक संख्या २)मा चार जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा कमला खनाल बोगटी, सृजनादेवी सुयल, सरस्वती कतिला र ज्ञानराम श्रेष्ठ रहेका छन् ।
उम्मेदवारी दर्ता फिर्ताको समय भोली (२३ गते ) बिहान ८ बजेसम्म रहेको निर्वाचन समितिले जनाएको छ ।