
काठमाडौं : सहकारी संस्थामा दोहोरो सदस्यता अन्त्य सम्बन्धी कानूनी प्रावधान खारेजीको माग गर्दै दायर गरिएको रिटको दोस्रो पेशी सरेको छ । मंसिर १० गतेलाई तेस्रो पटक पेशी तोकिएको भएपनि संवैधानिक इजलास बस्न सकेन ।
अर्को पेशी २६ गतेलाई सरेको अधिवक्ता अर्जुनकुमार अर्यालले सहकारीखबरलाई जानकारी दिनुभयो ।
सहकारी ऐन,२०७४ मा गरिएको उक्त कानूनी प्रावधान विरुद्ध सर्वोच्च अदातलमा असोज १९ गते रिट परेको थियो । अधिवक्ताद्धय अर्जुनकुमार अर्याल र शकुन्तला भुषालले उक्त रिट दायर गर्नुभएको थियो ।
नेपालको संविधान, २०७२ को धारा २५ सँग सहकारी ऐनको दफा, ३२ (१) मा उल्लेखित कानूनी व्यवस्था बाँझिएकोले उक्त दफा खारेजीको माग गर्दै रिट दायर गरिएको अधिवक्ता अर्जुनकुमार अर्यालले बताउनुभयो ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहकारी विभागलाई विपक्षी बनाईएको छ ।
सहकारी ऐनको उपरोक्त कानूनी व्यवस्थाका कारण संविधान प्रदत्त पेशा, व्यवसाय गर्न पाउने नागरिकको मौलिक हक अधिकार कुण्ठित हुन पुगेको दाबी रिटमा गरिएको छ ।
नेपालको संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५१ को खण्ड (घ) (१) मा “सार्वजनकि, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने” उल्लेख गरिएको छ भन्दै रिटमा सहकारीका सिद्धान्तहरु विपरित संविधानसँग वाझिने गरी सहकारी ऐन, २०७४ को दफा ३२९१० मा कानून तर्जुमा गरिएकोले उक्त कानूनी व्यवस्थाले संविधानको भावना विपरित भएको उल्लेख छ ।
साथै रिटमा कुनै पनि व्यक्तिलाई सहकारीमा खाता संचालन गर्न, खाता खोल्न तथा सहकारीसँग व्यावसायिक कारोवार गर्न रोक नलगाउनु तथा सहकारीको सदस्यता लिई खाता संचालन गरी व्यावसायिक कारोवार गरे बापत कारबाही नर्गनु नगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।
अभिलेख
लोकप्रिय

नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा
९ माघ २०७७, शुक्रबार
आवास विशिष्टीकृत सहकारी संघको तर्दथ समिति गठन, सेयर पूँजी १ अर्ब
१३ पुष २०७७, सोमबार
नाम अनुसारको काम गर्नुहोस्, यदी गर्न सक्नुहुन्न भने नाम परिवर्तन गर्नुहोस् : केबी उप्रेती
१ कार्तिक २०७७, शनिबारRecent Posts

ग्लोबल बैंकले सहकारीका सदस्यलाई कृषि अनुदान कर्जा प्रवाह गर्ने
१३ माघ २०७७, मंगलवार
नेपाल सहकारी बैंक स्थापनाको सन्दर्भमा उठेका प्रश्न र जवाफ
१२ माघ २०७७, सोमबार
जनहित बहुउद्देश्यीयको स्थापना दिवसमा बालबालिकालाई पौष्टिक आहार वितरण
१२ माघ २०७७, सोमबार