८ बैशाख २०८१, शनिबार

ललितपुरमा आयो हेटौंडाको दिव्यतारा

१८ कार्तिक २०७७, मंगलवार
ललितपुरमा आयो हेटौंडाको दिव्यतारा

हेटौंडा, १८ कात्तिक

हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुरमा पनि सेवा सुभारम्भ गरेको छ । सोमबार ललितपुरको धोबीघाटबाट सेवा सुरु गरिएको हो । बागमती प्रदेशलाई कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरेको हो ।

सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाका विषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले जानकारी गराउनुभएको थियो । ‘प्रदेशभर सेवा दिन स्वीकृति पाएका छौं,’ अध्यक्ष डीनाले बुधबारदेखि चितवनमा पनि कार्यालय सञ्चालन गरी सेवा दिँदैछौं,’ उहाँले भन्नुभयो । उहाँले दिव्यतारालाई प्रदेशकै नम्बर एक सहकारी बनाउने उद्धेश्य रहेको बताउनुभयो । बहुउद्धेश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले बताउनुभयो ।

मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तोरीको तेल उद्योग र उपभोक्ता सहकारी पसल सञ्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र साबुन उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । सहकारीको कारोबार साढे ३ अर्बको छ भने एक अर्ब पुँजी छ । सहकारी व्यबस्थापक रमेश कोइरालाले सहकारीको अवस्थाका विषयमा जानकारी गराएका थिए । ललितपुरमा सन्तोष खड्कालाई संयोजक तोकिएको छ ।

अभिलेख

लोकप्रिय