१३ बैशाख २०८१, बिहीबार

हरेक महिनाको ८ गतेभित्र प्रतिवेदन बुझाउन सहकारीलाई निर्देशन

१७ माघ २०८०, बुधबार
हरेक महिनाको ८ गतेभित्र प्रतिवेदन बुझाउन सहकारीलाई निर्देशन

चितवन : राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै तोकिएको समयभित्र सहकारी संस्थाहरुले मासिक प्रतिवेदन नबुझाएको भन्दै समयमै बुझाउन निर्देशन दिएको हो ।

पालिकाले प्रत्येक महिनाको ८ गतेभित्र मासिक प्रतिवेदनहरु बुझाउनुपर्ने, गत आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको माईनुटको प्रतिलिपि, चालू आर्थिक वर्षका लागि साधारणसभाबाट पास भएको वार्षिक बजेट तथा कार्यक्रम, सञ्चालक समितिका पदाधिकारीहरुको विवरण र कार्यअवधि समेत बुझाउन निर्देशन गरेको हो ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० को वार्षिक समष्टिगत विवरण, आर्थिक वर्ष २०७९/०८० को कार्य समिति तथा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, राजश्व खातामा १ हजार नगद तिरेको नगद रसिद र सञ्चालकहरुले लिएको ऋणको विवरण समेत बुझाउन निर्देशन गरेको छ ।

अभिलेख

लोकप्रिय