१३ बैशाख २०८१, बिहीबार

सडक दुर्घटनामा पूर्व सहकारी मन्त्री पौडेलको मृत्यु

१७ माघ २०८०, बुधबार
सडक दुर्घटनामा पूर्व सहकारी मन्त्री पौडेलको मृत्यु

काठमाडौं : बागमती प्रदेशका पूर्व सहकारी मन्त्री बलराम पौडेलको सडक दुर्घटनामा परी निधन भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको निधन भएको हो ।

आज बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभिलेख

लोकप्रिय