१३ बैशाख २०८१, बिहीबार

बागमती प्रदेश साकोस समिटको रजिष्ट्रेशन खुला

१६ माघ २०८०, मंगलवार
बागमती प्रदेश साकोस समिटको रजिष्ट्रेशन खुला

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले ‘बागमती प्रदेश साको समिट २०८०’ भएको छ । ‘सहकारीको सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास’ भन्ने थिमका साथ आगामी फागुन १६ र १७ गते भक्तपुरको गठ्ठाघरमा समिट आयोजना हुन लागेको हो ।

समिटको पहिलो दिन सहकारीको सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास, कानुन कार्यान्वय र अभियानको शुद्धिकरणका लागि : सहकारी एकिकरण र वर्गीकरण, सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण: भावी जोखिम र कार्यान्वयन रणनीति विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

त्यसैगरी दोश्रो दिन दक्ष जनशक्ति पलायन: सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपायहरु, सहकारीको वर्तमान आवश्यकता: साझा अभियानका लागि साझा सञ्जाल, प्रभावकारी सेवाका लागि: जनशक्ति उत्प्रेरणा र सहकारी सुशासन प्रवद्र्धनमा प्रविधिमैत्री कारोबार भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुति तथा प्यानल डिस्कसन हुने आयोजक बागमती प्रोस्कुनले जनाएको छ ।

संघले पहिलो पटक बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई समेटेर यस्तो समिट गर्न लागेको हो । विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले समिट प्रभावकारी र उपलब्धीमूलक हुने प्रोस्कुनको भनाई छ । संघले समिटका लागि रजिष्ट्रेशन खुला समेत गरेको छ ।

अभिलेख

लोकप्रिय