१३ बैशाख २०८१, बिहीबार

आश्रय बहुउद्देश्यीय सहकारीको १५औं साधारण सभा सम्पन्न

३ माघ २०८०, बुधबार
आश्रय बहुउद्देश्यीय सहकारीको १५औं साधारण सभा सम्पन्न

काठमाडौं : ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार र शनिबार सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न साधाणरण सभामा बागमती प्रदेश सभामा सांसद शैलैन्द्र मान बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी सहकारी बिज्ञ केशब बहादुर थापाको समेत आतिथ्यता रहेको थियो ।

सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मानन्धरले आर्थिक वर्ष २०७९/८० मा सेयर पुँजी २ करोड ९९ लाखबाट बढेर ३ करोड २७ लाख पुगेको बताए । त्यस्तै सञ्चालन आम्दानी ५२ लाखबाट बढेर ६३ लाख पुगेको जानकारी दिए ।

संस्थाको बचत तथा निक्षेप दायित्व १५ करोड ६१ लाख र कर्जा लगानी तथा सापट १५ करोड ७२ लाख कायम भएको अध्यक्ष मानन्धरले बताए ।

संस्थाले यस अवधिमा कर्मचारी खर्च घटाएको छ । संस्थाले कर्मचारी खर्च ५० लाखबाट ४७ लाख तथा प्रशासनिक खर्च २३ लाखबाट घटाएर १५ लाख कायम गरेको छ ।

सभामा संस्थाका १५ जना सदस्यहरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप उपहार प्रदान गरिएको संस्था प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

अभिलेख

लोकप्रिय