१८ मंसिर २०७७, बिहीबार

मान्द्रेढुङ्गा सहकारीले ल्यायो मुस्ताङबाट च्याङग्रा

३ कार्तिक २०७७, सोमबार
मान्द्रेढुङ्गा सहकारीले ल्यायो मुस्ताङबाट च्याङग्रा

पोखरा : पोखराको विशालमार्गमा रहेको मान्द्रेढुङ्गा बहुउदेश्यीय सहकारी संस्थाले दसैंमा सुपथ मुल्यमा च्याङग्रा उपलब्ध गराउने भएको छ ।

दसैंलाई लक्षित गरी सहकारीले २ सय ५० वटा च्याङग्रा मुस्ताङबाट पोखरा ल्याएको सहकारीका अध्यक्ष भरत के.सी.ले जानकारी दिनुभयो । दसैंमा च्याङग्रा आवस्यकपर्नेले सहकारीको फार्ममा आएर लैजान सक्ने उहाँले बताउनुभयो ।

सहकारीले सुपथ मुल्यमा च्याङग्रा उपलव्ध गराउने सहकारीका उपाध्यक्ष रेनु थापाले जानकारी दिनुभयो । च्याङग्राको मासु स्वादिलो हुने र पोखरा तथा आसपासका क्षेत्रमा माग बढिरहेकोले सहकारीले मुस्ताङ पुगेर च्याङग्रा ल्याएको उहाँले बताउनुभयो।

सहकारीले पोखरा १४ बिशाल मार्गमा एकिकृत कृषि फार्म पनि संचालन गरिरहेको छ ।

 

आर्थिक आवाज

अभिलेख

लोकप्रिय