२१ फाल्गुन २०८०, सोमबार

भैरवी साकोसको अध्यक्षमा गणेशकुमार श्रेष्ठ र महासचिवमा राजकुमार श्रेष्ठ निर्वाचित

१६ मंसिर २०८०, शनिबार
भैरवी साकोसको अध्यक्षमा गणेशकुमार श्रेष्ठ र महासचिवमा राजकुमार श्रेष्ठ निर्वाचित

धादिङ : निलकण्ठ-३, धादिङबेशी स्थित भैरवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गणेशकुमार श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न संस्थाको २२ ओैं बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा शान्तविक्रम बानियाँ, विनोदमान श्रेष्ठ, महासचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ छन् । त्यसैगरी सञ्चालक समितिका सदस्यहरुमा सिताराम कोईराला, सीताकुमारी श्रेष्ठ, प्रेमनाथ सिलवाल, शान्ता तिमिल्सिना लम्साल, नारायणदत्त काराखेति, चिनामायाँ श्रेष्ठ, रीता अधिकारी, कृष्णराज अधिकारी, मीनबहादुर थापा र भगवती पोखरेल छन् ।

लेखा सुपरीवेक्षण समितिको संयाेजकमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा शिवराज सापकोटा र भक्तकुमार श्रेष्ठ चयन भएका छन् ।

अभिलेख

लोकप्रिय