
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-२, स्थित सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.को २९औं बार्षिक साभारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा संघीय भूमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ३०औं स्थापना दिवस समेतको उपलक्ष्य पारी संस्थाको नव निर्मित भवनको मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले उद्घाटन समेत गरेकी छिन् ।
२०५० मंसिर ४ गते स्थापित सहयोगी साकोसमा हाल ७६९४ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठले आ. व. २०७९/८० को बार्षिक प्रगति प्रतिवेदन र आ. व. २०८०/८१ को लागि नीति तथा कार्यक्रम, कोषाध्यक्ष अन्जित कुमार श्रेष्ठले आ. व. २०७९/८० को आर्थिक प्रतिवेदन, आ. व. २०८०/८१ को लागि आनुमानित आय ब्यय र कार्यक्रम बार्षिक बजेट, लेखा सुपरिवेक्षणको प्रतिवेदन समितिका सदस्य राजेश श्रेष्ठले, ऋण उप समितिको प्रतिवेदन संचालक रामहरी थापा, शिक्षा उप समितिको प्रतिवेदन संचालक कर्साङ लामा र महिला उप समितिको प्रतिवेदन संचालक सुनिता अधिकारीले प्रस्तुत गरेकी थिईन ।
संस्थाका सचिव प्रल्हाद बस्नेत र संचालक कर्साङ लामाले संचालन गरेका कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामा लगायत कागेश्वरी मनोहरा न. पा. वडा नं. १, २ र ३ का वडा अध्यक्ष क्रमश मुकुन्द गजुरेल, सुरज खड्का, राममणी पुडासैनी तथा अन्य छिमेकी सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सहकारी क्षेत्र सुधारमा धेरै कामहरु भई रहेको र सहकारी क्षेत्रको साख कायम गर्न आवश्यक परे ऐन सम्शोधन गरेर भए पनि अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै सदस्यको बित्तिय आवश्यकतालाई परिपुर्ति गरि समुदायको दीगो र सक्षम साकोस बन्न सकोस भन्ने शुभकामना ब्यक्त गरिन ।
साधारण सभाको अवसरमा आ.व. २०७९/८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी र लघुबित्त तर्फ उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्यलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
उक्त साधारण सभामा निवर्तमान अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा आगामी चार वर्षको लागि नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयन समेत गरिएको थियो ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार