
काठमाडौं : सहकारी अभियन्ता माधवलाल देवकोटाको सडक दुर्घटनामा परी निधन भएको छ ।
देवकोटा चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ उनीसहित २ जनाको निधन भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलभैरहवा सडक खण्डको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा तिलोत्तमा नगरपालिका शंकरनगर निवासी देवकोटा र सोही नगरपालिका वडा नं २जानकी नगर बस्ने यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । देवकोटा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा तिलोत्तमाबहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् ।
सहकारीले सञ्चालन गरेको मल विक्रीका लागि सुध्योधनस्थित मानपकडी सेवा केन्द्र जाने क्रममा देवकोटा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् ।
सहकारी अभियन्ता देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध बनेको छ ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार