२२ मंसिर २०८०, शुक्रबार

श्रोत परिचालन र हिमाल साकोसबीच एकीकरण

४ मंसिर २०८०, सोमबार
श्रोत परिचालन र हिमाल साकोसबीच एकीकरण

धादिङ : निलकण्ठ नगरपालिका स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था र हिमाल बचत तथा ऋण सहकारी सस्था बीच एकिकरण भएको छ । आईतबार संयुक्त साधारण सभा सम्पन्न गरी आजबाट श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाकाे नामबाट कारोबार सुरु गरेको छ ।

एकीकरण पश्चात ८ हजार ८ सय ९७ जना शेयर सदस्य र ७ करोड १० लाख १ हजार ३ सय रुपैयाँ सेयर पुँजी कायम भएको छ । त्यस्तै संस्थाका कुल वासलात ६१ करोड ३४ लाख ३६ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । एकीकरण पश्चात साविकको श्रोत परिचालन साकोसको विनियम, कार्यक्षेत्र र दर्ता नम्बर कायम भएको छ ।

त्यस्तै श्रोत परिचालन साकोसको १३ सदस्यीय मौजुदा सञ्चालक समितिमा १ जना सचिव र २ जना दिस्य हिमाल साकोसको तर्फबाट प्रतिनिधित्व हुने सहमती भएको छ । एकीकृत संस्थाको नेतृत्व रुद्र बहादुर खत्रीले गर्नेछन् । खत्री श्रोत परिचालनका अध्यक्ष हुन् ।

हिमाल साकोसका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको संयुक्त साधारण सभामा नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो ।

अभिलेख

लोकप्रिय