२२ मंसिर २०८०, शुक्रबार

धादिङ पुगेर चन्द्र ढकालले भने, ‘नेफ्स्कून अध्यक्षको दाबेदार हुँ’

४ मंसिर २०८०, सोमबार
धादिङ पुगेर चन्द्र ढकालले भने, ‘नेफ्स्कून अध्यक्षको दाबेदार हुँ’

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धादिङ पुगेर अध्यक्ष पदको स्वभाविक दाबेदार भएको बताएका छन् ।

धादिङबेशी स्थित भैरवी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई आयोजित पुर्व नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आगामी नेतृत्वका लागि दाबी प्रस्तु्त गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘सहकारीको सञ्चालकमा आउन चाहने व्यक्तिले आफ्नो स्वार्थ त्यागेर सामुहिक छलफल र निर्णयलाई स्वीकार गरेर सेवा भावले स्वयमं सेवा गर्नुपर्छ ।’

भैरवी सहकारी धादिङमा प्रतिष्ठित संस्थाको रुपमा स्थापित भैसकेको बताउँदै ढकालले थप सेवामुखी बनाउन पुनर्ताजकीकरण गर्ने उद्देश्यले तालिमको आयोजना भएको समेत बताए ।

संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको तालिममा ३६ जनाको सहभागिता रहेको थियो । तालिमलाई नेफ्सकुनका सन्दिपराज ढकालले सहजीकरण गरेका थिए ।

संस्थाको मंसिर १६ गते हुने २२ ओैं साधारण सभामा नयाँ संचालक समिति चयन गर्ने कार्यक्रम रहेको छ । संस्थाको संचालक समितिको उम्मेलवार हुन पुर्व नेतृत्व विकास तालिम अनिवार्य लिनुपर्ने व्यवस्था छ । हालसम्म भैरवी साकोसमा २ हजार ४५६ जना शेयर सदस्य रहेका छन् ।

आगामी नेतृत्व पारदर्शिता, शुसानलाई ख्याल गर्ने भएकोले अझबढी उन्नती प्रगति हुने कुरामा आफु विश्वस्त रहेको प्रमुख अतिथी ढकालले बताए ।

अभिलेख

लोकप्रिय