तामाकोशी क्लष्टरको १८औं कार्यकुशता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
दोलखा : जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध तामाकोशी क्लष्टरको १८ औँ कार्यकुशता तथा सिकाई व्यवस्थापन (पाम) कार्यशाला सम्पन्न भएको छ।
तामाकोशी गाउँपालिका-३, स्थित जनश्रमिक साकोसको आयोजनामा जामुनेमा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताब के.सीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भुमीराज खड्का, जिल्ला सहकारी संघ दोलखाका उपाध्यक्ष देवी प्रसाद फुयाल, तामाकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख विमल निरौला, तामाकोशी गाउँपालिका सहकारी शाखा प्रमुख पवनराज फुयालको आतिथ्यता रहेको थियो । कार्यक्रममको अध्यक्षता आयोजक साकोसका अध्यक्ष परशुराम कार्कीले गरेका थिए ।
नेफस्कून र दोलखा जिल्ला बचत संघको प्राविधिक सहजिकरणमा संचालित सो कार्यक्रममा जनसेवा मितेरी, प्रगतिशल, भविष्य निर्माण, दिपशान्ति, झुले मिलन, शंखेश्वर जनमुखी, जनश्रमिक, भिजन, पशुपति कल्याण, जफे मिलन र हाम्रो तामाकोशी गरी १० वटा साकोसबाट जना ३४ को सहभागिता थियो ।
मन्तव्यका क्रममा विशेष अतिथि भुमीराज खड्काले सहकारी सञ्चालन गर्न कठिन परिस्थितीमा सञ्चालकहरुले बढी समय दिनु पर्ने बताए । संस्थालाई समय दिन नसक्ने सञ्चालकहरुले पद ओगटेर नबस्न सल्लाह दिए ।
कार्यशालाको सहजिकरण नेफस्कूनका अनुगमन अधिकृत सुमनराज घिमिरेले गरेका थिए । घिमिरेले सहकारीको अवस्था र चुनौती बारे जानकारी दिई चुनौतीलाई अवसरमा बदल्ने कला सिकाएका थिए । आगामी दिनहरुमा सम्पन्न हुने पामहरुलाई थप पभावकारी बनाउन पल्र्स, कोइसमाइलको सुचकहरुलाई समेटी रिपोटिङ बनाउन सहजिकरण गरेका थिए ।