
काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा (चार वटा एकाइ अन्तर्गत एकाइ-१) सम्पन्न भएकाे छ ।
कुमारीपाटी सेवा केन्द्र अन्तर्गतका सदस्यहरूका लागि आयोजना गरिएको साधारणसभा संस्थाका अध्यक्ष नविन श्रेष्ठकाे अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेतकाे प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएकाे हाे । कार्यक्रममा ललितुर जिल्ला बचत तथा ऋण सहकारी संघअध्यक्ष रामहरि बजगाईकाे पनि आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले सुशासनमा सञ्चालन भएका संस्थाहरूमा समस्या नरहेको बताए । ज्याेतिपुञ्ज सहकारी संस्थाले पनि पर्ल्सले तोकिदिएका सूचकहरू पालना गर्दै अघि बढेको देखिएकोले सुरक्षित र दिगो संस्थाको रूपमा लिन सकिने आधार प्रशस्त रहेको बताए ।
त्यस्तै विशिष्ठ अतिथि रामहरि बजगाईले विषम् परिस्थितिमा यो संस्थाको सफलता उल्लेखयोग्य रहेको बताए । सदस्यहरूको हितका लागि संस्थाले गरेका कार्यक्रमहरूको लागि प्रशंसा समेत गरेका थिए । नीति विधिमार्फत संस्था अघि बढेको र आधुनिक प्रविधि मार्फत सदस्यलाई सेवा दिएको बताए ।
साधारणसभामा संस्थाका गतिविधि बारेमा प्रमुख कार्यकारी अधिकृतले प्रस्तुति राखेका थिए । संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई साधारणसभाकाे अवसरमा सम्मान गरिएकाे थियाे ।
आ.व. ०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता छन् । आ.व. ०७९/८० को अन्त्य सम्ममा ८ कराेड८ ५ लाख २० हजार ६ सय सेयर पुँजी रहेकाे छ । त्यस्तै ८६ कराेड ८ लनख ७८ हजनर १ सय ९० रुपैयाँ बचत, १ अर्ब २ कराेड २९ लाख ८५ हजनर २ सय १२ रुपैयाँ लगानी रहेकाे छ।
सहकारी संस्थाको जगेडा कोष, घाटापूर्ति कोष र ऋण जोखिम व्यवस्थापन कोषमा ११ कराेड ७० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ रहेकाे छ।
१ अर्ब ३४ कराेड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेकाे सँँग २४.५० प्रतिशत तरलता रहेकाे छ ।संस्थाले २३ कराेड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेकाे छ भने २१ कराेड ३० लाख ५३ हजनर ७ सय ५० रुपैयाँ खर्च गरी १ कराेड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा गरेकाे छ।
साधारणसभा गाेठाटर सेवा केन्द्र अन्तर्गत भदाै ३० गते, लूभू सेवा केन्द्र अन्तर्गत असाेज ३ गते र मुख्य कार्यालय अन्तर्गत असाेज ६ गते हुने संस्थाले जनाएकाे छ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार