२२ मंसिर २०८०, शुक्रबार

६० सहकारी खारेज गर्दै कोशी प्रदेश, दाबी गर्न ३५ दिनको समय

२२ भाद्र २०८०, शुक्रबार
६० सहकारी खारेज गर्दै कोशी प्रदेश, दाबी गर्न ३५ दिनको समय

इटहरी : प्रदेश सहकारी कार्यालय, कोशीले प्रदेशमा निस्कृय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया थालेको छ ।

शुक्रबार एक सुचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्रक्रियामा लैजान ३५ दिने सुचना जारी गरेका हुन् ।

प्रदेशका ६० वटा सहकारी संस्थालाई ३५ दिन भित्र खारेजी गर्न नपर्ने हो भने के कति कारणले नपर्ने भन्ने कारण खुलाई सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । ३५ दिन भित्र सम्पर्क नगरेको खण्डमा कानुन अनुसार भैजाने सूचनामा जानकारी गराइएको छ ।

खारेजी सुचीमा परेका सहकारीहरूमा बचत तथा ऋण, सुपारी, जडिबुटी, कृषि, बहुउद्देश्यीय लगायत छन्।

अभिलेख

लोकप्रिय