
काठमाडौं : नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरेको छ।
विगत डेढ दशक देखि सहकारी क्षेत्रलाई मुख्य बिट बनाएर पत्रकारिता गर्दै आएका बस्नेतलाई सिजेएनले यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सिजेएनको १३ औं स्थापना दिवसको अवसरमा आज आयोजित एक औपचारिक कार्यक्रमका बीच भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले उक्त पुरस्कार प्रदान गरेका हुन् । सचिव दुवाडीले बस्नेतलाई प्रशंसापत्र र नगद २० हजार सहित पुरस्कृत गरेका थिए ।
यसैगरी सिजेएनले यस बर्ष संस्थापक सम्मान संस्थाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष शर्मिला ठकुरीलाई प्रदान गरेको छ । उनले विगत डेढ दशकदेखि आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएकी छिन् । सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा संस्थापकहरुलाई क्रमशः सम्मान गर्दै आएको छ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार