
इटहरी : कोसी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इनरुवाका निमिक्त रजिष्ट्रार हरि बहादुर खत्रीले देशभरको सहकारी अवस्था अनुसार कोशी प्रदेशका सहकारीमा जोखिम कम रहेको बताएका छन् ।
प्रदेश भरीका सहकारी संस्थाको नियमकारी संस्था प्रदेश रजिष्ट्रारले सहकारी संस्था पव्लिकसँग जोडिएको हुनाले यहाँ भएको जोखिमले ठुलो रुप लिने बताउँदै केहि सहकारी संस्थामा समस्या देखिएपनि कोशी प्रदेशका सहकारी संस्थाहरु देशभरको तुलनामा राम्रो अवस्थामा रहेको बताएका हुन ।
बेष्ट सञ्चार मिडिया प्रालिको आयोजनामा सुनसरी जिल्लाको इटहरीमा शनिवार भएको सहकारी संस्थामा देखिएका समस्या र तीनका समाधान बिषयक बहस कार्यक्रममा बोल्दै रजिष्ट्रार खत्रीले सहकारी संस्थामा रहेको जोखिमको धेर थोर जिम्मा नितिगत हिसावले आफुले लिन तयार भएपनि संविधानमै भएको व्यवस्थाले स्थानीय तहमा रहेका सहकारी संस्थाको नियमन फितलो भएको बताए ।
सहकारी संस्थामा देखिएको समस्याको नैतिक जिम्मेवारी कसले लिने भन्ने सहभागिको प्रश्नको जवाफ दिँदै रजिष्ट्रार खत्रीले रजिष्ट्रारको कार्यलय स्थानपना भएको २ बर्षमा आफुहरुले नियमनका थुप्रै काम गरेको बताए । उनले अघिल्लो आर्थिक बर्षमा १ लाख उठेको राजश्वलाई आर्थिक बर्ष २०७९/८० मा ७ लाख पुर्याएको बताए ।
समयमा वित्तिय विवरण नपठाउने, साधारणसभा हुने जानकारी नगराउने, समयमा साधारण सभा नगर्ने लगायत कमीकमजोरी गर्ने सहकारी संस्थालाई जरिवाना गर्दै सहि ट्राकमा ल्याउने काम भइरहेको रजिष्ट्रार खत्रीले बताए ।
बहस कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले अभियानले सरकारलाई घच्घच्याने काम गरिरहेको बताए । गत जेठ १४ गते सरकारलाई बुझाइएको मागपत्रका सम्बन्धमा पनि सुनुवाई भइरहेको बताउँदै पोखरेलले १३ बुँदामा १ बुँदा थपेर १४ बुँदे माग राखिएको बताए । सहकारी ऐनमा व्यावस्था भए बिपरितसरकारले बजेट मार्फत सहकारीलाई कर बढाएको भन्दै उक्त कुराको सुनुवाई नभए अदालत जान आफुहरु तयार रहेको उपाध्यक्ष पाखरेलको भनाई थियो ।
भर्खर धितो दृष्टि बन्धक राख्दा शुल्क तिर्नु नपर्ने कानुनमा आफुहरुको मुद्धा सैवैधानिक इजालसबाट सुनुवाई भएको बताउँदै पोखरेलले सहकारी ऐन २०७४ पुर्ण कार्यान्वायनमा सरकारका बिभिन्न कुराहरु बाधक बनेको बताए । उनले सहकारी प्रवद्र्धन कोषमा भएको रकम केन्द्रदेखि लिएर जिल्लासम्मका संघहरुलाई दिनका लागि कार्यविधि नबनेको तर चाँडै आफुहरु उक्त कुराको कार्यान्वायन गराउने विश्वास सहकारीकर्मीहरुलाई दिलाए ।
बहस कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सहकारीबाट लिएको ऋण तिर्न व्यावसायीहरु तयार रहेको बताउँदै पहिला सहकारीका संचालकहरुले लिएको ऋण तिराउन पर्ने बताए । कतिपय व्यावसायीले सहकारी संस्थामा राखेको बचत संचालकले भारी ऋण खाएकै कारण सहकारीबाट फिर्ता लिन नपाएको बताए ।
इटहरी उपमहानगरको सहकारी शाखाका सुमन पौडेलले उपमहानगरले सहकारीको ऋण लिएका ऋणिलाई समेत ऋण तिर्न ताकेता गरिदिएको भन्दै उपमहानगरले नियमनको काम तिव्रगतिमा गरिरहेको सुनाए ।
रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले सहकारी संस्था तीन खम्बे अर्थनिती अन्तर्गत एक खम्बा रहेपनि अहिले सम्म राजश्व परामर्श समितिमा सहकारीको प्रतिनित्व गराउन नसकेको बताए ।
बहस कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, कृषि सहकारी संघका जिल्ला सदस्य रविन घिमिरे, नेफ्सकुनकी संचालक गोमा नेपाल, दुग्ध विकास सहकारी संघ सुनसरीका अध्यक्ष राजेन्द्र धमला, सहकारी म्यानेजर्स क्लव सुनसरीका अध्यक्ष पुस्कर बस्नेत, जिल्ला सहकरी संघका रामधुनी संयोजक गुणराज काफ्ले लगायतले प्रश्न राखेका थिए ।
रजिष्ट्रार, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष, रामधुनी नगरपालिकाका नगरप्रमुखले जवाफ दिएका थिए । कार्यक्रम बेष्ट सञ्चार मिडिया प्रालिका तर्फबाट प्रकाश बन्जाराले सहजीकरण गरेका थिए । कार्यक्रमको औपचारिक सेसन राजन भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार