२२ मंसिर २०८०, शुक्रबार

व्यवसाय पुनर्उत्थानका लागि जनउत्थानले सस्ताे ब्याजदरमा ऋण दिने

१२ भाद्र २०८०, मंगलवार
व्यवसाय पुनर्उत्थानका लागि जनउत्थानले सस्ताे ब्याजदरमा ऋण दिने

रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले साना तथा मझौला व्यवसाय प्रवर्धनका लागि सहुलियत दरमा ऋण दिने भएको छ । कोभिड-१९ र आर्थिक मन्दीका कारण सेवा क्षेत्रमा परेको प्रभावले गर्दा पर्यटन व्यवसाय माथि उठ्न नसकेको भन्दै संस्थाले सहुलियत दरमा ऋण दिन लागेको हो ।

संस्थाले रेष्टुरेण्ट पुनरोत्थानका लागि १३ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने भएको छ । उक्त ऋण पर्यटन व्यवसाय प्रवर्धनका लागि उपयोग गर्नुपर्ने र ऋणको सीमा १० लाख रहेको संस्थाले जनाएको छ । ५ वर्षे अवधिका लागि उक्त ऋण प्रदान गरिने र मासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ । ऋण लिन नियमित मासिक बचत गरेका, पुरानो ऋण लगेको भए त्यसमा हर्जाना नलागेका तथा रेष्टुरेन्टबाट दैनिक बचत गरिरहेको हुनुपर्ने शर्त संस्थाले राखेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५, काेटीहवामा मुख्य कार्यालय रहेको संस्थाको २०८० साउन मसान्त सम्म ३ अर्ब ४१ करोड ७३ लाख कुल सम्पत्ति पुगेको छ । संस्थाको शेयरपुँजी ३० करोड ४२ लाख, बचत संकलन २ अर्ब ५८ करोड ५२ लाख र ऋण लगानी २ अर्ब ५७ करोड १० लाख रहेको छ ।

संस्थाको जगेडा कोषमा २८ करोड ७० लाख, कर्जा जोखिम कोषमा ५ करोड ५४ लाख र तरलता २४.३८ प्रतिशत रहेको छ । संस्थाका ४० हजार ७ सय सदस्य मध्ये १० हजार २४२ जना सदस्यले  ऋण उपभोग गरिरहेका छन् ।

अभिलेख

लोकप्रिय