भ्रमणमा आएका प्राध्यापक र विधार्थीहरुलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग (मैना) ले स्वागत गरेकी थिइन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले संस्थाको वित्तीय गतिविधि, पुस्तकालय र संस्थाले वित्तीय साक्षरता र डिजिटल साक्षरताको बारेमा जानकारी गिराएका थिए ।
जापानबाट विद्यार्थीहरु वार्षिक रुपमा नेपालको संस्कृति सिक्न र अनुभव आदान प्रदान गर्न आउने गरेका छन् । प्राध्यापक ताकानोबुकै नेतृत्वकै स्वयंसेवी अभियानमा कास्की लगायत विभिन्न जिल्लामा रहेका जीर्ण विद्यालय भवनको पुननिर्माण र नयाँ भवन समेत निर्माण हुँदै आएको छ ।
प्राध्यापक ताकानोबुले निकट भविश्यमा पोखरा रोयल सहकारीसंग समन्वय गर्दै सहकारीमा आवद्ध युवा विधार्थीहरुसंग अन्तरसंवाद र अनुभव आदानप्रदान गर्ने बताए ।
संस्थामा पछिल्लो समय युवा विधार्थीहरु, खोज पत्रकारिता गर्ने पत्रकारहरु र विभिन्न पालिकाका जनप्रतिनिधिहरुको भ्रमण बढ्न थालेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।