
काठमाडौं : नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्ताबित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रकृया अघिबढाउने निर्णय गरेको हो । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैक सञ्चालनमा आउने दाबी गरे ।
नेपाल राष्ट्र बैकबाट आशयपत्र प्राप्त पाएपछि उक्त आशयपत्रको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । यसअघि तदर्थ सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्रस्ताबित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका छन् । त्यस अवसरमा गभर्नर अधिकारीले बैंक स्वीकृति दिन सकरात्मक रहेको बताए ।
साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाइ थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा संघ आपसमा मिलि नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै २०७७ माघ १० गते सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम सहकारी विभागमा बैक सञ्चालन गर्न निवेदन दर्ता भएको थियो । २०७८ जेठ २४ गते सहकारी विभागबाट नेपाल राष्ट्र बैंकको नाममा “प्रस्तावित सहकारी बैंक” लाई नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृित पत्र उपलब्ध गराउनको लागी पत्राचार भएको थियो ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार