नेचुरल सहकारीको टाेली चन्द्रागिरि बचतमा, संस्थाकाे योगदान प्रकाशमा ल्याउने समझदारी

काठमाडौं : काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेको छ । संस्थाका अध्यक्ष शर्मिला अमात्य, प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र उच्च व्यवस्थापन समुह सम्मिलित भ्रमणमा दुई संस्थाबीचका असल अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको थियो ।
सहकारीले सदस्य र समुदायको उत्थानको लागि खेलेको भूमिका उजागर पार्नको लागि दुबै संस्थाका सदस्यहरुको सफलताका कथाहरु सर्वसाधारणको जानकारीमा ल्याउने, सर्वसाधारणमा सहकारीको सकारात्मक सन्देश जाने असल अभ्यासहरु समेटिएको श्रव्य दृश्य सामग्रीहरु जनहितका लागि जारी गर्ने र सहकारी क्षेत्रमा योग्य, क्षमतावान (मानव संशाधन) जनशक्ति आकर्षित गर्ने योजना बनाउने जस्ता सहमती भएको छ ।
कार्यक्रमको बीचमा नेचुरल साकोसको तर्फबाट अध्यक्ष अमात्य र प्रमुख कार्यकारी पाठकले चन्द्रागिरिका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापक २०८० पुरस्कार प्राप्त गर्ने घोषणा भएकोमा सम्मान समेत गरिएको थियो ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार