class="wp-block-image size-large">1) दरिलो नियमनकारी निकाय
class="wp-block-image size-large">प्रभावकारी नियमकको अभावमा सहकारी क्षेत्रमा विकृति बढिरहेको छ । नियमविपरीत चलिरहेका सहकारीहरुका लागि सहकारी क्षेत्रप्रति नै जनविश्वास कम हुँदै गएको छ । त्यसैले नेपालका सहकारीहरुको व्यवस्थापनका लागि एक दरिलो नियमनकारी निकायको आवश्यकता रहेको छ ।
2) मर्जर र ठुला सहकारीको अवधारणा
नेपालमा सहकारीको विकास संख्यात्मक ढंगले मात्रै भइरहेको छ । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुलाई मर्जरको माध्यमबाट ठूलो र सबल सहकारीमा रुपान्तरण गरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ । घरैपिच्छे स्थापना भएका सहकारीहरुलाई मर्ज गरी ठूलो संस्थाको रुपमा व्यवस्थापना गर्न सकिन्छ ।
3) उत्पादन क्षेत्रमा लगानी
सहकारी क्षेत्रको व्यवस्थापनका लागि त्यसको लगानीको व्यवस्थापन गर्नु आवश्यक छ । अहिले सहकारी संस्थामा जम्मा गरिएको निक्षेप कुनै उत्पादनमूलक काममा लगानी हुन सकेको पाइँदैन । कतिपय सहकारीहरुमा त संचालक नै पैसा लिएर भाग्ने वा व्यक्तिगत प्रयोजनामा खर्च गर्ने गरिरहेका छन् । यो कुरालाई व्यवस्थापना गरी सहकारी संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्छ ।
4) निश्चित व्याजदरको मापदण्ड
सहकारी संस्थाको व्याजदरको विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेका छन् । उचित ढंगले नियमन हुन नसक्दा सहकारी संस्थाहरुले मनपरी ढंगले व्याज दिने लिने गरिरहेको पाइएको छ । यो विषयलाई पनि व्यवस्थापन गर्नु आवश्यक छ । सहकारीमा राखिने निक्षेपको व्याज र सहकारीबाट दिइने कर्जाको व्याजदरको निश्चित मापदण्ड तोकी लागू गर्नुपर्दछ ।
5) दक्ष कर्मचारीको विकास
सहकारी संस्थाहरुमा दक्ष कर्मचारीको पनि अभाव रहेको छ । राम्रो कर्मचारीहरु प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा प्रवेश गर्न चाहन्छन् । त्यसैले, सहकारीमा काम गर्ने कर्मचारीहरु त्यति दक्ष हुँदैनन् । यसका लागि सहकारीमा दक्ष कर्मचारीलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ । भएका कर्मचारीहरुलाई पनि प्रशिक्षणमार्फत दक्ष बनाउन सकिन्छ, तामि सहकारीको कामहरु बढी प्रभावकारी बन्न सकोस ।
6) ग्रामीण अर्थतन्त्र केन्द्रित
सहकारी संस्थाहरुलाई ग्रामीण अर्थतन्त्रको विकासमा केन्द्रित गर्नुपर्दछ । बैंक तथा वित्तीय संस्थाहरु पुग्न नसकेका दुर्गम भेगहरुका सर्वसाधारणलाई बचत गर्ने बानीको विकास गराउन सहकारीको ठूलो भूमिका हुन सक्छ । उक्त बचतबाट स्थानीय स्तरमै लगानी गरेर उद्यमशीलताको विकास गराउन सकिन्छ ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

१५ प्रतिशत लाभांश घोषणा गर्दै चण्डेश्वरी साकोसको ३१औं साधारण सभा सम्पन्न
८ आश्विन २०८०, सोमबार
असोज २५ र २६ गते लेखा समितिको राष्ट्रिय गोष्ठी गर्दै सहकारी बैंक, रजिस्ट्रेसन खुला
८ आश्विन २०८०, सोमबार