६ कार्तिक २०७७, बिहीबार

सहकारीका सदस्यले लगाए कार्यालयमा ताला, कर्मचारीले किर्ते ऋणी बनाई रकम अपचलन

९ आश्विन २०७७, शुक्रबार
सहकारीका सदस्यले लगाए कार्यालयमा ताला, कर्मचारीले किर्ते ऋणी बनाई रकम अपचलन

धादिङ :
संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका सदस्यहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

सहकारीका केही सदस्यहरुले संस्थामा लामो समयदेखि  कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाह गरी अपचलन गरेको भन्दै छानविनको माग राखी कार्यालयको मुल गेटमा ताला लगाएका हुन् । सहकारीका कर्मचारीहरुले आफुखुसी ६७ लाख ५० हजार रुपैयाँँ सदस्यहरुको नामबाट ऋण निकाली आफैले प्रयोग गरेको  छानविन समितिले किटान गरेको थियो ।

छानविन समिति दिएको प्रतिवेदनपछि कर्मचारीहरुले आंफुहरुबाट गल्ती भएको भन्दै ऋण लगानीका नाममा लिईएको रकम संस्थामा फिर्ता गरेका थिए । आरोप लागेका कर्मचारीले पदबाट राजिनामा दिएका छन् । उनिहरुको राजिनामा पछि पाउने सेवा सुविधाका बिषयमा शेयर सदस्यहरुले आपत्ति जनाउँदै विरोध जनाएका छन् ।

छानविनमा देखिएको रकम संस्थाले असुलउपर गरेतापनि थप छानविन गर्नुपर्ने र निजहरुको सेवा अवधिमा विभिन्न गलत तरिकाबाट प्रोत्साहन भत्ता स्वरुप दिनुपर्ने देखिएको रकम भुक्तानी दिने भन्ने सञ्चालक समितिको निर्णय भएको भन्दै संस्थामा तालाबन्दि गरेका छन् ।

तालाबन्दि भएको अवस्थामा सहकारीबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ । संस्थामा तालाबन्दि भएको विषयमा सञ्चालक समितिको तर्फबाट आज एक प्रेस विज्ञप्ति जारी गरी वास्तविक विषयमा जानकारी गराएकाे छ । संस्थाले विगत समितिहरु हुँदाबखत देखीनै कर्मचारीहरुले आफुखुसी गलत तरिकाबाट ऋण प्रवाह भएको र वर्तमान अवस्थामा विभिन्न शेयर सदस्यहरुको समेत गुनासो प्राप्त भएको आधारमा छानविन समिति बनाई छानविन गर्दा उक्त रकम फर्जी देखिएको अवस्थामा कर्मचारीहरुले राजीनामा दिएको अवस्था र निजउपर छानविनमा देखिएको रकम असुल उपर गरिसकिएको र वाँकी छानविन प्रकृयाको लागी निजहरुको सम्पत्ती समेत दृष्टि वन्धकी गरी छानविन प्रकृया अगाडी बढेको जानकारी गराएको छ ।

सञ्चालक समितिले निजहरुबाट फर्जिदेखिएको रकम असुलउपर गरिएको र निजहरुले पाउने गत बर्षको लेखापरिक्षण प्रतिवेदनमा समेत देखिएको सेवाअवधि पछि पाउने सञ्चयकोष लगाएतको रकम दिने निर्णय भएता पनि छानविन प्रकृया अन्त्य नभएको संस्थाका अध्यक्ष बद्रि रुपाखेतीले विज्ञप्ति मार्फत जनाउनुभएको छ ।

अभिलेख

लोकप्रिय